सप्तरीका सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु सुचारु हुँदै

राजविराज, ११ असार । सप्तरीका सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु सञ्चालन हुने भएको छ । आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट जिल्लामा कोभिड–१९ को संक्रमण दर घट्दो रहेकाले भीडभाड नहुने गरी सबै सरकारी र सार्वजनिक संस्थानहरु सञ्चालन गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आजै सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दै आ–आफ्नो कार्यतालिका बनाएर असार १३ गते (आइतवार)देखि नागरिकलाई प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्ने सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा सेवा सुचारु गर्न भनिएको छ । ‘मिति २०७८/०३/०७ गते प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयानुसार यस जिल्लामा कोरोनाको संक्रमण दर घट्दो क्रममा रहेकोले नागरिकहरुलाई प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्ने सरकारी कार्यालय, सार्वजनिक संस्थान लगायतका कार्यालयहरुले भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यालयले आफ्नो कार्यतालिका बनाई मिति २०७८/०३/१३ गतेदेखि कार्यालयका सबै सेवा सुचारु गर्नकालागि यो सूचना जारी गरिएको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस