थप २ हजार ४७६ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

जनकपुरधाम, ११ असार । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ३५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार ४५५ संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ पुगेको छ ।

सोही अवधिमा २४ घण्टामा २७ जना कोरोना संक्रमणबाट मृत्यु छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस