सप्तरीमा भन्सार छलि गरी ल्याइएको लत्ताकपडा बरामद

राजविराज, ११ असार । सप्तरी प्रहरीले भन्सार छलि गरी भारतबाट ल्याइएको लत्ताकपडा बरामद गरेको छ । बिओपी स्वर्णपट्टीबाट प्रहरी निरीक्षक उत्सव बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले बोदे बरसाईन नगरपालिका–६ स्थित पृतमपुरबाट गए राति करिब ३ लाख मुल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।

भारतीय नम्बर प्लेटको दुई वटा मोटरसाइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेर लत्ताकपडा फालेर उनीहरु भागेका थिए ।

बरामद गरिएको सो लत्ताकपडा आवश्यक कार्यवाहीको लागी तिलाठी भन्सारमा बुझाइएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस