खडक नगरपालिकाको बजेट ७८ करोड, स्वास्थ्य र शिक्षालाई प्राथमिकता

राजविराज, ११ असार । सप्तरीको खडक नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को लागि ७८ करोड ४४ लाख रुपैयाको बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार सम्पन्न आठौं नगरसभाबाट स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

मेयर हेमायु हकको अध्यक्षतामा आयोजित सभामा उप–प्रमुख यास्मिन सुल्तानले आर्थिक वर्ष २०७८/०७९ को लागि प्रस्ताबित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । प्रस्तावित चालू खर्चतर्फ ५१ करोड २६ लाख तथा पूँजिगत खर्चतर्फ २७ करोड १७ लाख ४० हजार बजेट पारित भएको छ ।

बजेट, नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको नगरपालिकाका सूचना अधिकृत मनोज साहले जानकारी दिए । स्वास्थ्यकर्मी बिरेन्द्र कुमार दासद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत निरज देवले गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780