निषेधाज्ञा उल्लंघनः एक हजार ९ सयबढी सवारी साधन नियन्त्रणमा

काठमाडौं । प्रहरीले पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९१५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । विभिन्न जिल्लामा निषेधाज्ञा कार्यान्वयन गराउने सिलसिलामा १ हजार ९१५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर केही चालकलाई कारबाही पनि गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार दैनिक समाचार बुलेटिन सार्वजनिक गर्दै तीमध्ये ६८४ वटा गाडी र १ हजार २३१ वटा मोटरसाइकल रहेको बताएको छ । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४४६ जनालाई निःशुल्क मास्क वितरण गरिएको कार्यालयले जनाएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५९ हजार ९७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ९४ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ९ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस