थप एक हजार ९२० जनामा कोरोना संक्रमण, ३४ को मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा ६ हजार जनामा गरिएको पीसीआर परीक्षणबाट १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ५६७ जना गरी १ हजार ९२० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यसैगरी संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म संक्रमणबाट ९ हजार ९ जनाको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस