सडक दुर्घटनामा परेर सप्तरीका एकसहित तीन जनाको मृत्यु, दुई घाइते

विराटनगर, १३ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका–८ मा आज (आइतवार) सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भाण्टाबारी–हरिपुर चोकबीच सडक खण्डमा तीन वटा सवारी एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।

पश्चिमतर्फ गइरहेको बा ३ ख ७२४४ नम्बरको हायसले विपरीत दिसाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भएर पश्चिमबाटै आउँदै गरेको को १ च ९३६८ नम्बरको पिकअपलाई समेत ठक्कर दिएको थियो । सो पिकअपको चालक र मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा परेर पिकअप चालक मोरङको विराटनगर–७ का ३५ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको छ । यसैगरी मोटरसाइकल चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ का २८ वर्षीय उदय साह र पछाडि सवार मोरङको विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

हायस चालक नुवाकोटको विदुर नगरपालिका–३ का ३५ वर्षीय विवश तामाङ र सोही ठाउँका सहचालक नारायण बस्याल घाइते भएका छन् । दुर्घटनाको बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस