राष्ट्रिय वाणिज्य बैंकका लिखित परीक्षाहरू रद्द गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौँ । लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका लिखित परीक्षाहरु रद्द गर्ने निर्णय गरेको छ । आयोगले सूचना जारी गर्दै बैंकले २०७५ साल चैतमा निकालेको विभिन्न विज्ञापन नं. अन्तरगतका सबै लिखित परीक्षाहरु रद्द गर्ने निर्णय गरिएको जनाएको छ ।

परीक्षा रद्द गर्न राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका अध्यक्ष हेमराज सुवेदीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिटमाथि सुनुवाए गर्दै सर्वाेच्चले कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरेको थियो ।

२०७७ मंसिर १७ मा सर्वोच्चले दिएको फैसलाको कार्यान्वयन गर्दै आयोगले परीक्षा रद्द गरेको हो ।अदालतको आदेशपछि यही असार २१ मा बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका सबै लिखित परीक्षाहरू रद्द गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780