फेरि स्मार्ट लकडाउनमा जान सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

जनकपुरधाम। कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बेलुका सिंहदरबामा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने जानकारी दिए ।

उनका अनुसार संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने तयारी भएको छ । सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सो ठाउँमा स्मार्ट लकडाउन गर्न सक्ने भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780