पछिल्लो २४ घण्टामा प्रदेश १ मा एक हजार १४४ संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। एक हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र एक हजार ६६६ जनाको एन्टिजेन परीक्षणबाट ५६४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१ मध्ये विराटनगरमा ५५, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६–१६, उदयपुरमा चार, खोटाङ र सङ्खुवासभामा दुई–दुई, ताप्लेजुङ र तेह्रथुममा एक–एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको छ । सो अवधिमा प्रदेशमा शुक्रबार ३९७ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा २२८ महिला र १६९ पुरुष छन्।

प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सात महिला र तीन पुरुष रहेको मन्त्रालयले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस