बाढीपहिरो : तीन हजार घर डुबानमा, ९ सयमा क्षति

जनकपुरधाम । यसपालीको मनसुनका अवधिमा बाढीका कारण तीन हजार १८० घर डुबानमा परेका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बढी पहिराेमा परेर ९०० घरसहित १५३ गोठ, ६० पुल, ८ विद्यालय र १४ सरकारी कार्यालयमा क्षति पुगेको छ। जेठ ३० यता एक हजार ८७ पशु चौपाय मरेको छ।

उक्त अवधिमा एक हजार १३० विपद्का घटनाबाट एक हजार २०९ घर परिवारका पाँच हजार ९२४ जना विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिए। मनसुन भित्रिएसँगै नेपालमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी आजसम्म ९१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ४६ पुरुष, २३ महिला, १० बालक र १२ बालिका छन्।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ११६ जना घाइते भएका छन्। बाढीपहिराेमा परी ४४ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ। बाढीपहिराेमा परेका एक हजार २७५ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780