ठाकुर र महतो प्रतिगमनका मतियार : यादव

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीले ‘कु’ गर्न खोजेको भन्दै महन्थ ठाकुर र राजेन्द्र महतो प्रतिगमनका मतियार भएको आरोप लगाएका छन् ।

शनिबार वीरगन्जमा आयोजित पार्टीको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ठाकुर–महतोले ओलीको कित्तामा गएर सहयोग गरेको बताए ।

“ओलीले ‘कु’ गर्न खोजेका थिए । प्रतिगमन गर्न खोजेका थिए,” उनले भने, “महन्थ ठाकुर र राजेन्द्र महतोहरू केपी ओलीको मतियार बनेर ओलीकै कित्तामा गएर सहयोग गरे ।”

पहिलोपटक संसद् विघटन गरिँदा ठाकुर–महतोले प्रतिगामी भनेर आन्दोलन गरेको भन्दै दोस्रोपटक विघटन गर्दा उनीहरूले ‘यु टर्न’ गरेको यादवले उल्लेख गरे ।

“‘ओलीले पहिलोपटक संसद् विघटन गर्दा प्रतिगन भनेर उहाँहरू सँगै आन्दोलनमा हुनुहुन्थ्यो,” यादवले भने, “दोस्रोपटक संसद् विघटन गर्दा उहाँहरू समर्थन गरेर सरकारमा सहभागी हुनुभयो ।”

उनले ठाकुर–महतोहरू विचारहीन, दिशाहीन रहेको जिकिर गरे । उनीहरूको स्पष्ट अडान, नीति र सिद्धान्त नभएको ठाकुरको भनाइ थियो ।

उनले जसपा एक ढिक्का रहेको पनि बताए । “रुखका पातहरू झर्छन् । दुई–चारवटा पात झरेर रुख सकिँदैन । जसपा नेपाल झन् सुदृढीकरण भएको छ । हामी बलियो हुन्छौँ ।”

राजा महेन्द्रले २०१७ सालमा परिवर्तनलाई उल्टाएजसरी केपी ओलीले संसद् दुईपटक विघटन गरेर महेन्द्र पथमा गएको आरोप उनले लगाए ।

यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा रहेको भन्दै जसपाले अब नेतृत्वदायी भूमिका खेल्ने पनि बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780