जब घाइते गाईलाई हेलिकप्टरबाट गरियो उद्धार

जनकपुरधाम । स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि शुक्रबार हेलिकप्टरबाट ल्याइएको हो।

घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्‍याइएको हो।

हेलिकप्टरको डोरीमा बाँधेर ल्याइएका गाईलाई जमिनमा झार्न केही किसानहरू उपस्थित थिए। हिमाली मैदानमा चर्न गएका झन्डै १ हजार गाई हिँडेरै तल झर्दैछन्। ती गाईहरूलाई केही दिनपछि हुने काउ परेडमा सहभागी गराइनेछ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780