त्रियुगाका मेयरसहित ६ जनप्रतिनिधिले त्यागे एमाले

न्युज कारखाना
उदयपुर, २१ भदौ । उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनप्रतिनिधिले नेकपा (एमाले) परित्याग गरेका छन् ।

मेयर चौधरी, त्रियुगा-३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ का वडाध्यक्ष पशुपति चौधरीसहितले जिल्ला निर्वाचन कार्यालय उदयपुरमा उपस्थित भएर नेकपा ९एकीकृत समाजवादी० पार्टीमा सनाखत गरेका हुन । एकीकृत समाजवादीमा सनाखत गर्नेमा त्रियुगा-६ का वडा सदस्य जयराम पंजियार, ९ का वडा सदस्य खिलबहादुर कार्की, ११ का वडा सदस्य सकुन्तला विश्वकर्मा पनि छन् ।

त्रियुगा नगरपालिकाका १२र१३ जनप्रतिनिधि एकीकृत समाजवादीमा आउने पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मेयर चौधरीले बताए ।

एमालेबाट निर्वाचित प्रदेश सांसद सुनिताकुमारी चौधरीले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरेकी छिन् ।

Author:

क्याटोगरी छान्‍नुहोस