गाउँपालिका अध्यक्षकै मिलोमतोमा छात्रवृत्तीसम्ममा भ्रष्टाचार, सिडिओलाई ज्ञापन पत्र

राजविराज, ११ कार्तिक । संयुक्त संघर्ष समितिले सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्षकै मिलोमतोमा छात्रवृत्ती रकमसम्ममा भ्रष्टाचार भएको भन्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापन पत्र बुझाएको छ ।

नौ बुँदे मागसहित विहिवार समितिका पदाधिकारीहरुले सिडिओ जनार्दन गौतममार्फत शिक्षा विज्ञान तथा प्राविधि मन्त्री र प्रदेश २ का सामाजिक विकास मन्त्रीकालागि ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा छिन्न्मस्ता गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय खुदिबखारी कुपहीको छात्रवृत्ति रकमसम्म भ्रष्टाचार भएको दावी गरिएको छ ।

प्रदेश सरकारबाट विभिन्न शिर्षकमा आएको बजेट पचाउन माध्यमिक तहका स्थायी शिक्षक हुँदाहुँदै पनि निमित्त प्रधानाध्यापक कपिलेश्वर अमात (राहत कोटाबाट निम्न माध्यमिक शिक्षक)लाई जिम्मेवारी दिइएको तथा जिम्मेवारी परिवर्तन गर्न लिखित रुपमै पटक पटक भन्दा पनि गाउँपालिका अध्यक्षले नमानेको ज्ञापन पत्रमा आरोप लगाइएको छ ।

यस्तो छ नौ बुँदे मागः

माग सम्बोधन नभए कडा आन्दोलनमा जाने ज्ञापन पत्रमा चेतावनी पनि दिइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस