खुलाएको दुई दिनमै बन्द भयो सवारी लाइसेन्सको आवेदन

जनकपुरधाम । सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन खुलाएको दुई दिनमै बन्द भएको छ । प्राविधिक समस्या देखिएको भन्दै विभागले आजदेखि पुन: आवेदन बन्द गरेको हो ।

विभागले ६ महिनापछि गत ९ गते मंगलबारदेखि लाइसेन्सको नयाँ आवेदन खुला गरेको थियो । विभागले आज एक सूचना जारी गर्दै नयाँ आवेदन प्रणालीको सिस्टम मर्मत भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस