लाइसेन्सको अनलाइन आवेदन पुनः बन्द

जनकपुर, ११ कार्तिक । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द प्रणाली फेरी बन्द भएको छ । कोरोना महामारीका कारण झण्डै ६ महिनादेखि बन्द रहेको आवेदन प्रणाली गत मंगलवारबाट सञ्चालन भएको थियो ।

सो सेवा आज (विहिवार) पुनः बन्द भएको भौतिक पुवार्धार तथा यातायात मन्त्रालयका यातायात व्यवस्था विभागले जनाएको छ ।

प्राविधिक समस्या देखिएको हुनाले मर्मतकालागि बन्द गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए । ‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं’, विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस