कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका : मंसिर २४ देखि २६ सम्म हुने

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति फेरि परिवर्तन भएको छ ।

निर्वाचन समितिले जारी गरेको नयाँ कार्यतालिकाअनुसार १२ वटा जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुनेछ भने ३० गते पालिकास्तरीय अधिवेशन हुनेछ ।

प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ र प्रतिनिधिसभा क्षेत्रको मंसिर ६ गतेका लागि मिति तय गरिएको छ ।

त्यसैगरी जिल्ला अधिवेशन मंसिर १० गतेका लागि तय गरिएको छ । प्रदेश अधिवेशन मंसिर १६ र १७ गतेका लागि तय गरिएको छ भने केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म तय गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस