सप्तरी उद्योग वाणिज्य संघमा असल र राम्रो नेतृत्व ल्याउनुपर्नेमा जोड

राजविराज, १३ कार्तिक । सप्तरी उद्योग वाणिज्य संघमा असल र राम्रो नेतृत्व ल्याउनुपर्ने एक कार्यक्रममा सहभागी व्यवसायीहरुले जोड दिएका छन् ।

श्याम बाबा सप्लायर्सले शनिवार राजविराजमा आयोजना गरेको ‘विजया दशमी, शुभ दिपावली, नेपाल संवत् १४४१ एवम् छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम’मा सहभागी व्यवसायीहरुले यस्तो जोड दिएका हुन् । व्यवसायीहरुले गलत नगर्दा पनि प्रतिष्ठामै आँच आउने जस्ता कार्य भएको देखिएकोले यस्ता कुराहरुलाई सुधार गर्न संघको आगामी निर्वाचनबाट राम्रो र असल नेतृत्व आउनुपर्ने उनीहरुको भनाई छ ।

व्यवसायीहरुले राजविराजसहित सप्तरीभर व्यापार व्यवसाय क्षेत्रमा रहेको समस्याबारे कार्यक्रमका प्रमुख अतिथी समेत रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई अवगत गराए । श्याम बाबा सप्लायर्सका सञ्चालक लालुप्रसाद अग्रवालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा जिल्लाभरका व्यवसायीहरुको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन भने वैजु जोशी गरेका थिए ।

सो कार्यक्रममा प्रजिअ गौतमसहित एक दर्जनभन्दा व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस