राजविराजका मेयर आफैं जुटे सरसफाइमा (तस्बिर हेर्नुहोस्)

राजविराज, १३ कार्तिक । सप्तरीको राजविराज नगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ । चाड पर्वलाई लक्षित गरी नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले सरसफाई अभियानको सुभारम्भ गरेका छन् ।

मेयर यादवले राजविराजस्थित भगवती पोखरीलाई शनिवार सरसफाई गर्दै अभियानको सुभारम्भ गरेका हुन् । अभियान अन्तर्गत राजविराज नगर क्षेत्रभर रहेका जलासय, धार्मिकस्थल लगायतका स्थानलाई सरसफाई गरिने छ । मेयर यादवले अभियानमा सहयोग गर्न सर्वसाधारणलाई पनि आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस