जनकपुरमा निषेधाज्ञा जारीः भेला, जुलुस, प्रदर्शन, र्‍याली गर्न नपाइने

जनकपुरधाम । जनकपुरमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालले आज २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरेका हुन्।

जनकपुर उपमहानगरपालिका-२० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएको थियो। त्यसक्रममा शनिबार हिन्दु समुदायले मोटरसाइकल र्‍याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको छ। झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाका बेला कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभाजस्ता कृयाकलाप गर्न नपाउने र आदेश उल्लंघन गर्ने जो कोहीलाई कारबाही गरिने जारी आदेशमा उल्लेख छ।

Author:



क्याटोगरी छान्‍नुहोस