विवाह पञ्चमीमा विदा

जनकपुर, २० मंसिर । प्रदेश २ सरकारले राम जानकी विवाह पञ्चमीको अवसरमा बुधबार (मंसिर २२ गते) सार्वजनिक विदा दिने भएको छ । सोमवार मुख्यमन्त्री लालबाबु राउतले विवाह पञ्चमीको शुभकामना संदेश जारी गर्दै विदाबारे जानकारी गराएका हुन् ।

‘त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने साताव्यापी विवाह पञ्चमी महोत्सवकाो अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरु तथा यस महोत्सवमा सहभागी हुन जनकपुरधाम पाल्नु भएका सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ शुभकामना संदेशमा छ ।

साथै कोरोना भाइरसको जोखिम अझैं कायमै रहेकोले स्वास्थ्य सतर्कता अपनाएर महोत्सवमा सहभागी हुन मुख्मन्त्री राउतले सवैमा अपिल समेत गरेका छन् ।

यता, जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेका सरकारी तथा निजी विद्यालयमा पनि तीन दिन सार्वजनिक बिदा दिने निर्णय छ । मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ देखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस