रेडियो भोरुकवा एफएम १४ औं वर्षमा प्रवेश

कमल कुमार मण्डल
राजविराज, २२ मंसिर । सप्तरीमा मिथिला जनसेवा केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो भोरुकवा एफएम १४ औं वर्षमा प्रवेश गरेको छ ।

सदरमुकाम राजविराजबाट ९२ दशमलव ८ मेगाहर्जमा प्रसारण हुँदै आएको सो रेडियो १४ औं वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवको अवसरमा रेडियोका स्टेसन म्यानेजर शैलेश कर्णले सम्पुर्ण विज्ञापनदाता, श्रोता, सञ्चारकर्मी, विभिन्न संघ(संस्था, उद्योगी, व्यापारी तथा शुभेच्छुकहरुमा साथ र सहयोगकालागि धन्यवाद दिएका छन् ।

जनसेवा केन्द्रका अध्यक्ष सुर्यनाथ प्रसाद यादवले रेडियोमा आगामी दिनमा अझ थप कार्यक्रम र समाचारमूलक सामग्री ल्याइने बताए । सो कार्यमा सहयोग गर्न सम्पूर्ण कर्मचारीलाई उनले आग्रह समेत गरे।

Author:



क्याटोगरी छान्‍नुहोस