१५ कलेजलाई नर्सिङको प्रमाणपत्र तहमा भर्ना प्रक्रिया स्थगित गर्न निर्देशन

जनकपुर, २२ मंसिर। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले १५ वटा कलेजलाई नर्सिङको प्रमाणपत्र तहको भर्ना प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ ।

सीटीइभीटीको परीक्षा नियन्त्रण कार्यालयले बुधवार सूचना जारी गर्दै शैक्षिक सत्र २०७८/०७९ का लागि नर्सिङको प्रमाणपत्र तहको भर्ना प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो ।

ती कलेजले नर्सिङको प्रमाणपत्र तहमा पढाइ सञ्चालन गर्नु चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णयको प्रतिकुल हुने सीटीईभीटीले जनाएको छ ।

त्यस्तै ती कलेजले प्रमाणपत्र तहको नर्सिङमा भर्नाका लागि विद्यार्थीबाट लिएको शुल्क पनि फिर्ता गर्नुपर्ने सीटीईभीटीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस