भारतीय रक्षाध्यक्ष सवार हेलिकप्टर दुर्घटनाग्रस्त

जनकपुर, २२ मंसिर। भारतको तमिलनाडु क्षेत्रमा चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावत सवार हेलिकप्टर बुधवार दुर्घटनाग्रस्त भएको छ । एमआइ–१७बी५ नम्वरको सो हेलिकप्टरमा रावत सहित १४ जना सवार थिए ।

बीबीसी हिन्दीकाअनुसार कुन्नुर भन्ने स्थानमा भएको दुर्घटनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने २ जनाको अवस्था गम्भीर छ । घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको छ । यद्यपी, जेनरल रावत र उनको परिवारको अवस्थाबारे स्पष्ट जानकारी दिइएको छैन।

घटनाबारे भारतीय रक्षा मन्त्री राजनाथ सिंहले केही समयपछि संसदमा जानकारी गराउने बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस