तीन जनाको हत्यापछि मियाँ फरार, सात वर्षपछि पक्राउ

राजविराज, २२ मंसिर। सप्तरीमा खुनडाँका र कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई सात वर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ छन् ।

गोप्य सूचनाको आधारमा सिरहाको सखुवनन्कारकट्ट गाउँपालिका–१ महेशवारी टोलमा वसिरहेको अवस्थामा मियाँलाई हिजो (मंगलवार) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । उनका अनुसार मियाँले २०६९ असोज १० गते तत्कालीन पटेर्वा गाविस–१ का सहबुद मियाँ र उनकी वुहारी सगिरा खातुनलाई वेपत्ता पारेका थिए ।

खोजतलाशको २०७२ जेष्ठ ६ गते दुवै जनाको कंकाल तत्कालीन कल्याणपुर गाविस–८ स्थित एक कुखुरा फारममा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो ।

यसैगरी मियाँले २०७० मंसिर महिनातिर पनि अर्का दुलारी साहलाई पनि वेपत्ता पारेका थिए । साहलाई खोजतलाशको क्रममा २०७२ वैशाख २७ गते तत्कालीन जण्डौल गाविस–८ चुरे जंगलबाट उनको कंकाल भेटिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस