अर्थमन्त्रीको दावी–‘सात प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउँछु’

जनकपुर । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने दावी गरेका छन् । अर्थतन्त्रका सूचक नकारात्मक भई आलोचना खेपिरहेका बेला मन्त्री शर्माले यस्तो दावी गरेका हुन् ।

अर्थ समितिको बैठकमा बिहीबार उनले विगतका समस्याहरूले अर्थतन्त्रमा चूनौति आएको र अब विस्तारै ति समाधान हुँदै जाने बताए ।

‘अर्थतन्त्रमा आजकोआजै समस्या आएको होइन, यसअघिका नीति नियमका र समग्र ऐन कानुनले असर पारेको हो,’ उनले भने, ‘अब समस्याहरू बिस्तारै समाधान हुँदै छन्, लक्षित आर्थिक वृद्धि हासिल गर्न सकिन्छ ।’ अर्थमन्त्री शर्माले आयात ६४ प्रतिशतले बढ्दा निर्यात १०४ प्रतिशतले वृद्धि भएको र अब पुँजीगत खर्च गर्ने रफ्तार पनि बढ्दै जाने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस