जनकपुरमा बाइस जोडीको सामूहिक विवाह

जनकपुर । जनकपुरधाम स्थित जानकी मन्दिरमा बिहीवार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषा, सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो ।

सीताराम विवाह पञ्चमी महोत्सव सकिए लगत्तै मन्दिर परिसरमा विश्व हिन्दु परिषद् नेपालद्धारा आयोजित सामूहिक विवाह समारोहमा २२ जोडीको विवाह गराइएको विश्व हिन्दु परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले बताए । उनका अनुसार विश्व जगतमा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाह स्थलका रुपमा रहेको प्रचार प्रचारसँगै विकास गर्न र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सामूहिक विवाह समारोह आयोजना गरिएको हो ।

विवाह समारोहमा प्रदेश नं २ का उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवलगायतले नवविवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस