मल नपाउँदा सप्तरीका किसान चिन्तित

कमलकुमार मण्डल
राजविराज, २५ मंसिर। सप्तरीमा मलको अभाव हुदाँ किसानहरु विचल्लीमा परेका छन् । गहुँ खेती गर्न आवश्यक रहेको मलको अभावले शहरदेखि गाउँसम्म भौतारिदा पनि मल नभेटिएको राजविराजस्थित कृषि सामग्री कम्पनी लि।को कार्यालयमा भेटिएका किसानहरुको गुनासो छ ।

शम्भुनाथ नगरपालिका वडा नम्बर ४ का सत्यनारायण साहले गहुँ छर्न दुई बिघा खेत तयारी अवस्थामा रहेको तर मलका लागि गाउँको डिलरदेखि सदरमुकामको कृषि सामग्री कार्यालयसम्म धाउँदापनि खाली हात नै घर फर्किनु परेको बाध्यता सुनाए । ‘डिलरले स्थानिय जनतालाई मल नदिएर महँगो मूल्यमा टाढाका मान्छेलाई दिने गर्छन्’ उनले भने–‘दुई दिनदेखि राजविराज धाउँदा पनि मल पाउने आश्वासनसम्म पाएको छैन् ।’

अर्को किसान राजविराज नगरपालिका १३ का प्रमोद यादवले कृषि सामग्री कार्यालयको कमजोरीका कारण आफुहरुलाई समस्या भइरहेको गुनासो गरे । ‘कार्यालयले डिलरलाई मल दिदाँ डिलरहरुले महँगो रकममा बेच्नकालागि हामी जस्ता किसानलाई जानकारी पनि गराउँदैन’ उनले भने–‘लालपुर्जा, नागरिकता लगायतका प्रमाणहरु दिन पनि हामी तयार छौं तर हामीलाई मलको व्यवस्था मिलाइदिनुपर्यो ।’

उता, कार्यालय राजविराजका निमित्त शाखा प्रवन्धक सानेलाल मुर्मुले स्थानिय तहको सिफारीसमा हामीले मल दिँदै आएको प्रतिक्रिया दिए । ‘डिलरलाई नै मल दिने सरकारको आदेश रहेकोले हामीले डाइरेक्ट किसानहरुलाई दिन सकेको छैन्’ उनले भने–‘सप्तरीमा पहिलो र दोश्रो लटमा कार्यालयमा उपलब्ध भएको हिसाबले मल वितरण गरिएको र तेश्रो लट आइतवारदेखि वितरण गरिनेछ अन्य समस्या स्थानीय तहले पनि समाधान गर्नुपर्ने हो।’

तेश्रो लटमा मल आउँदा पनि कृषकको माग अनुसार पूर्ति गर्न सक्ने अवस्था नरहेको उनको भनाई छ ।
जिल्लाभरि तेश्रो लटमा ६ हजार ७५० बोरा युरिया र ६ हजार १९२ बोरा डिएपी मल वितरण गर्नु पर्ने भएकाले समानुपातिक आधारमा प्रत्येक पालिकामा ३७५ बोरा युरिया र ३४४ बोरा डिएपी उपलब्ध गराउने कार्यालयले जनाएको छ । कार्यालयले हाल गहुँ खेतीको समयमा ७५३ मेट्रिक टन युरीया र ३८७ दशमलव ६ मेट्रिक टन डीएपी वितरण गरेको कार्यालयको तथ्यांकले देखाउँछ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780