लोसपा प्रदेश २ अध्यक्षमा सोनल मनोनित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को अध्यक्षमा जीतेन्द्र सोनल मनोनित भएका छन् ।

पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले आज सोनललाई प्रदेश २ को अध्यक्षमा मनोनित गरेका हुन् । सोनल प्रदेश २ संसदीय दलका नेता पनि छन् ।

महन्थ ठाकुर निकट रहेकै कारण जसपा कविभाजन अघि नै सोनललाई भौतिक पूर्वाधार विकास मन्त्री पदबाट मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए ।

प्रदेश २ अध्यक्षमा मनोजित भएका सोनलले मधेस, देश एवं पार्टीको हितमा कार्यकाल उपलब्धी मुलक हुने राष्ट्रिय अध्यक्ष ठाकुरले विश्वास व्यक्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस