आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको अध्यक्षमा भगवती

राजविराज, २६ मंसिर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको नयाँ कार्य समिति चयन भएका छन् ।

शम्भुनाथ नगरपालिकास्थित भगवतपुर बडहरीमा शनिवार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट भगवती प्रसाद चौधरीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा जितेन्द्र प्रसाद चौधरी, सचिवमा रामनाथ चौधरी, सह–सचिवमा राधा कुमारी चौधरी र कोषाध्यक्षमा रन्जना चौधरी चयन भएका छन् ।

त्यसैगरी सदस्यद्वय शम्भु चौधरी र अनिता चौधरी छन् । अधिवेशनबाट समितिको सल्लाहकारमा बृजमान तामाङ, प्रियासिंह थारु, डम्बर राई, राम बहादुर चौधरी र प्रमोद थारुलाई चयन गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस