स्वास्थ्य अनुसन्धान परिषद्को इकाई कार्यालय स्थापना हुनु स्वागतयोग्य : मुख्यमन्त्री राउत

जनकपुरधाम, २६ मंसिर। मुख्यमन्त्री लालबाबु राउतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् इकाइ कार्यालयको आइतवार उद्घाटन गरेका छन् । धनुषाको सपहीस्थित प्रदेश स्वास्थ्य निर्देशनालयको प्राङ्गणमा निर्मित भवनमा कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा अनुसन्धान परिषद्को इकाई कार्यालय स्थापना हुनु स्वागतयोग्य रहेको बताए । उनले परिषद्ले समय समयमा देखापर्ने रोगहरुको अनुसन्धान गर्दै उपचारमा सहयोग पुर्याउने विश्वास पनि व्यक्त गरे ।

परिषद्लाई आवश्यक पर्ने हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहने मुख्यमन्त्री राउतले प्रतिवद्धता व्यक्त गरे । परिषद्का अध्यक्ष प्रा.डा.गेहनाथ बरालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह, प्रदेशसभा सदस्य राम अशिष यादव, स्वास्थ्य निर्देशनालय प्रमुख विजय कुमार झा, प्रादेशिक अस्पतालका प्रमुख डा. प्रमोद यादव लगायतका उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस