प्रदेश २ मा विद्युत्‌ प्रसारण र वितरण प्रणाली सुधारको काम सुरु

जनकपुरधाम । नेपाल विद्युत्‌ प्राधिकरणले प्रदेश नं २ का आठ जिल्लाहरूको विद्युत्‌ प्रसारण र वितरण प्रणाली सुधारको काम सुरु भएको जनाएको छ ।

नेपाल विद्युत्‌ प्राधिकरणमार्फत सञ्चालित ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा निर्माण हुने सबस्टेसनको शिलान्यास भएसँगै सुधारको काम अघि बढेको प्राधिकरणको भनाइ छ ।

आयोजनामार्फत प्रदेश नं २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको विद्युत्‌ वितरण प्रणालीको सुदृढीकरण तथा पुनर्स्थापना र पूर्ण विद्युतीकरण गरिने उल्‍लेख गरिएको छ ।

आयोजना निर्धारित समय ३० महिनाभित्रमा सम्पन्न हुनेगरी काम गरिएको कम्पनीका प्रोजेक्ट म्यानेजर सन्दीप कुमारले बताए । आयोजना कार्यान्वयनका लागि नर्बे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैंकमार्फत सञ्चालित छ ।

Author:



क्याटोगरी छान्‍नुहोस