प्रतिनिधिसभाको अर्को बैठक ६ पुसमा बस्ने गरी स्थगित

जनकपुर । प्रतिनिधिसभाको बैठक पुस ६ गतेसम्मकालागि स्थगित गरिएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध गरेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले अवरोध नगर्न आग्रह गरे पनि एमाले सांसदहरूले नाराबाजी कायम राखे । नेकपा एमाले अवरोधबाट पछि नहटेपछि अवरोधका बीच सभामुखले बैठकलाई अघि बढाए । एमाले विरोधबिच पहिलो बैठकमा विभिन्न ६ अध्यादेश पेस भएका छन् ।

संसदमा पेस भएका अध्यादेशहरुमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस भए ।

त्यस्तै रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पनि बैठकमा पेस भए । प्रतिनिधिसभाको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने सम्बन्धी प्रस्तावलाई पनि सभामुखले अघि बढाए ।

विभाजित भएर गएको दल एकीकृत समाजवादी अवैधानिक भएको र त्यसमा सभामुख सापकोटा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस