प्रभु लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा

राजविराज, २८ मंसिर। प्रभु लाइफ इन्स्योरेन्स मंगलबार पाँचौ वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सको शाखा राजविराजले केक काटेर वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवकै अवसरमा शाखाका उत्कृष्ट सहजकर्तालाई सम्मानित समेत गरिएको शाखाकी प्रवन्धक अस्मिता थापाले जानकारी दिइन् । उनले पछिल्लो वर्षहरुमा उत्साहजनक जनविश्वास र माया प्राप्त गरेको भन्दैै वार्षिकोत्सवको अवसरमा सबै माझ सुरक्षित भविष्यकालागि जीवन बीमावारे सचेत गराउँदै ग्राहक सेवालाई थप विस्तार गर्ने प्रण गरेको बताइन् ।

उनले विश्वास र सहकार्य गर्दै साथ दिनुहुने समस्त ग्राहक सेवाग्राही, बीमा अभिकर्ता, कर्मचारी एवम् सरोकारवाला सबैप्रति कृतज्ञता ज्ञापत गरेकी छन् भने आगामी दिनहरुमा पनि सबैको हौसला, विश्वास र सहयोगको निरन्तरताकालागि अपिल समेत गरेकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस