शिक्षा र स्वास्थ्य अझैपनी आम जनताको पहुँच बाहिर: अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य सेवा अझै आम जनताको पहुँच बाहिर रहेको बताएका छन् ।

महोत्तरीको रामगोपालपुर नगपालिका–९ स्थित जानकी एकेडेमीक हस्पिटल प्रा ली को उदघाटन गर्दै अध्यक्ष यादवले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेको उक्त क्षेत्रका जनतालाई सुलभ र विश्वसनिय सेवा उपलब्ध गराउने बिश्वास व्यक्त गरे ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे स्वास्थ्य उपचारलाई सस्तो र सर्वसुलभ बनाउन सुझाव दिएँ ।

अस्पतालका संचालक डा सुरेन्द्र यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा जसपा नेपालका प्रदेश २ अध्यक्ष तथा संघीय सांसद राम बाबू यादव, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह, समाजिक विकास मन्त्री नवल किशोर साह, पुर्व कृषि मन्त्री हरि नारायण यादवलगायतका उपस्थित रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस