एसइई सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई

काठमाडौं, २१ माघ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ।

परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार उक्त प्रस्ताव शिक्षा मन्त्रालयमा लिएका हुन्। उनले प्रस्तावमाथि मन्त्रालयमा छलफल भइरहेको जनाए।

संविधानलेनै विद्यालय तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा राख्ने व्यवस्था गरेकाले अब कक्षा १० को अन्तिम परीक्षा प्रदेश सरकारले गर्नुपर्ने चौतर्फी दबाब बढ्दै आएको छ।

अर्को तर्फ शिक्षा ऐनमा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको अधिकार बोर्डलाईनै दिइएको हुँदा संशोधन नहुँदासम्म बाधा आएको बताइएको छ। अध्यक्ष शर्माका अनुसार उक्त बाधा फुकाउन बिहीबार बोर्डले प्रदेश सचिवको अध्यक्षतामा परीक्षा सञ्चलान तथा व्यवस्थापनको जिम्मेवारीसहित समिति बनाएर अघि बढ्ने प्रस्ताव मन्त्रालयमा लगेको हो।

साथै मन्त्रालयमा कक्षा १२ को परीक्षा जेठमा सञ्चालन तथा व्यवस्थापनबारे समेत छलफल भएको आजको नागरिक दैनिकमा खवर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस