काँग्रेसको निर्णय–भोलिको संसद बैठकमा एमसीसी टेबुल गर्ने

जनकपुरधाम । सरकारको नेतृत्वकर्ता दल नेपाली काँग्रेसका अधिकांश सांसदहरु अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् ।

मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद शशांक कोइरालालले जानकारी दिए । बैठकबाट भोलि बस्ने संसद बैठकमा टेबुल गर्ने निर्णय भएको जनाएको छ ।

बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस