मधेस सरकारका मन्त्रीले दर्ता गराए संघीय सरकारविरुद्ध मुद्दा

जनकपुरधाम । मधेस सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीय सरकारले गरेको प्रहरी भर्ना विज्ञापनविरुद्ध मुद्दा दायर गरेका छन् ।

मन्त्री साहले शुक्रबार सर्वाेच्च अदालतमा प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सो मुद्दा दायर गरेका हुन् । प्रहरी कर्मचारी समायोजन ऐन–२०७६ विपरीत विज्ञापन गरिएको उनको भनाइ छ ।

प्रहरी प्रधान कार्यालयले गएको मंसिर १० गते विभिन्न तहका लागि विज्ञापन आह्वान गरेको थियो ।

मधेस सरकारले केही समयअघि गृह मन्त्रालयलाई एक पत्रमार्फत अदालत जाने चेतावनी दिएको थियो । यही फागुन १० गतेका लागि सो मुद्दाको पेसी तोकिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस