जनमत पार्टीका सात जना नेता/कार्यकर्ता रिहा

राजविराज, ९ फागुन । धनुषाबाट किसान आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टीका नेता/कार्यकर्ताहरु आइतवार रिहा भएका छन् । सप्तरीका ३ जना सहित सातै जना रिहा भएका हुन । किसानको विभिन्न मागसहित जनकपुरमा गत माघ १२ गते प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

सोही क्रममा पक्राउ परेका सप्तरीका तिलाठी कोइलाडी गाउँपालिका निवासी शुशील कुमार मण्डल, कन्चनपुर नगरपालिका निवासी पप्पु पंजियार, बोदेबर्साइन नगरपालिका निवासीे अर्जुन साह, सिरहाको सुखिपुर नगरपालिका निवासी जिवछ यादव, धनुषाको ओरही गाउँपालिका निवासी किलेश मण्डल, महोत्तरीको एकडारा गाउँपालिका निवासी राम बिदेह पासवान र सर्लाहीका कवलासि नगरपालिका निवासी सुबोध मण्डल रिहा भएको पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस