बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई पाँच वर्ष कैद, ६० लाख जरिवाना

जनकपुरधाम । बिहारका पूर्व मुख्यमन्त्री एवम् राष्ट्रिय जनता दलका प्रमुख लालु प्रसाद यादवलाई पाँच वर्षको कैद सजाय भएको छ । सीबीआईका विशेष अदालतले उनलाई ६० लाखको जरिवाना पनि गरेको बीबीसीहिन्दीले जनाएको छ ।

सीबीआईले भ्रष्टाचार तथा घोटालाको विषयमा यादवमाथि अनुसन्धान गरेको थियो । जहाँ यादव दोषी पाइएका हुन् । यसअघि सन् २०१७ मा पनि लालु यादव आठ महिना जेल बसेका थिए । त्यसपछि बिरामी परेर उनी ३१ महिना अस्पताल गएका थिए । अहिले उनी जमानतमा बाहिर छन् ।

फेरि पशु चारा घोटालाको पाँचौ मामिलामा उनी दोषी पाइएका हुन् । उनको सरकारले १३९ करोड रुपैयाँ भारु अवैधानिक रुपमा झिकेको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस