नीति निर्माण तहमा महिला प्रतिनिधिको आवश्यकता: मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नीति निर्माण तहमा अझै महिलाको प्रतिनिधित्व हुन नसकेको बताएका छन् । शुक्रवार साथसाथै संस्थाले जनकपुरधाममा आयोजना गरेको जलवायु परिवर्तनको असर र महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री राउतले शिक्षा, आर्थिक र राजनीतिकमा महिलाको प्रतिनिधित्व नभएसम्म समस्या यथाव नै रहने तर्क दिए । ‘नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिदै’ उनले भने– ‘यपितृसत्तात्मक समाजले गर्दा महिला विभेदमा परेको छ ।’ चुरे दोहन, वन फडानी, बालुवा, गिट्टी उत्खनन् कार्य तत्काल रोक्न सुरक्षा निकायलाई थप सशक्त रुपमा लाग्न आग्रह गरे ।

साथसाथैकी अध्यक्ष प्रनिता कार्कीको अध्यक्षतामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रदेशसभा सदस्य मंजु यादव, सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधान, मुख्यन्यायाधीवक्ता दिपेन्द्र झा, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत लगायतका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780