सवारी दुर्घटनाबाट एक महिलाको मृत्यु

विराटनगर । सुनसरीको ईटहरीमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी १८ बस्ने ५५ वर्षिया मेहरुन खातुन रहेकी छिन् ।

आज (आइतवार) कान्छीचोक चतरा सडक खण्ड स्थित को १ क १८६६ नम्बरको बसले खातुनलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसका चालक मोरङ सुन्दरहरैचा – ६ का ३६ बर्षीय प्रेम कुमार सार्कीलाई नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस