सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर । मोरङमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ३ का २८ वर्षीय राजन धिमाल रहेको छ ।

उर्लाबारी नगरपालिका–४ स्थित पुर्व बाट पश्चिम तर्फ जादै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले बिपरित दिशाबाट आउदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा गम्भीर घाइते भएका धिमालको उर्लाबारी स्थित अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालक उर्लाबारी–४ का २१ बर्षीय दिपेन्द्र बोहोरालाई नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस