विकास निर्माणका काममा खबरदारी गर्न मन्त्रीको आग्रह

राजविराज, २५ चैत । मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको थप दुई तल्ले भवन निर्माण हुने भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच मधेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले भवनको शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै मन्त्री साहले पत्रकारहरुको हितमा आधुनिक, सुविधा सम्पन्न भवन निर्माण गर्न रकमको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

पत्रकार महासंघको संस्थागत विकासमा आफूले भुमिका निर्वाह गर्ने बताउँदै उनले विकास निर्माणका काममा खबरदारी गर्नकालागि समेत सुझाव पत्रकारहरुमा आग्रह गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष श्रवण कुमार देवले भवन निर्माणका लागि मधेश सरकारबाट तत्काल २५ लाख सहयोग प्राप्त भएको जानकारी दिए ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, पूर्व केन्द्रीय सदस्य अवधेशकुमार झा, शाखाका पूर्व अध्यक्षहरु लगायत संचारकर्मीहरुको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस