आगलागी अपडेट: बालककाे जलेर मृत्यु, ३ घर जलेर १६ लाखभन्दा बढीकाे क्षति

राजविराज, २ वैशाख । सप्तरीको बोदे बरसाईन-१० अमरैयामा आज दिउँसो आगलागीमा परेर एक बालकको मृत्यु भएको छ भने ३ वटा घर जलेर १६ लाखभन्दा बढी रुपैयाँको धनमालको क्षति भएको छ ।

आगलागीमा स्थानिय शत्रुधन यादवकाे ५ वर्षीय छाेरा शैलेशकुमार यादवको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । आगलागीमा परेर शत्रुधन, मिन्टु यादव र ओम यादवकाे गाेठ र गाेठभित्र रहेको सबै सरसमान जलेर १२ लाख रुपैयाँको क्षति भएको छ ।

गाेठबाटै अचानक सल्केको आगाे फैलिएर छिमेकीहरु रघुनन्दन यादव र जागेश्वर यादवकाे १-१ वटा घर जलेकाे छ। रघुनन्दनकाे घर र घरभित्र रहेको सरसमान पूर्ण रुपमा जलेर ४ लाख र जागेश्वरकाे पनि घर जलेर २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

आगाे नेपाल र शसस्त्र प्रहरी, स्थानियवासी र वारुणयन्त्रकाे सहयोगमा नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस