त्रिविमा ताला लागेको आज ३ महिना पूरा

काठमाडौं । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ । सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन । तर, ती कार्यालयको काम भने रोकिएको छैन ।

तालाबन्दी भएको एक महिनासम्म त कर्मचारीहरू तलब नखाइकन घरमै बसेका थिए । तालाबन्दी लम्बिदै गएपछि पदाधिकारीको निर्देशनमा सबै कर्मचारीले चोरबाटो प्रयोग गरेर काम गर्न थालेका हुन् । एक कर्मचारीले सोमबार भने– ‘मूल गेटमा तालाबन्दी भएर के गर्नु रु हामी त पछाडिको ढोका प्रयोग गरेर काम गरिरहका छौं ।’ ती कर्मचारीका अनुसार त्रिविका तीन पदाधिकारीहरू भने कहिले पुल्चोक त कहिले परीक्षा नियन्त्रण कार्यालय, सिनासलगायतका निकायमा बसेर सुटुक्क काम गर्न थालेका छन् ।

त्रिविका पदाधिकारीको अक्षमताका कारण तालाबन्दी भएको तीन महिना भइसक्दा पनि एमाले र माओवादी कोटाबाट नियुक्ति भएका पदाधिकारीले ताला खोल्ने विषयमा कुनै वास्ता गरेका छैनन् । कर्मचारी भन्छन्– ‘उनीहरू आफ्नो कुर्सीमा बस्न मात्र नपाएका त हुन् नि, तलब खाएकै छन्, सबै काम फाइल मगाएर सम्पन्न गरेकै छन् ।’

त्रिवि कर्मचारी स्रोतका अनुसार उपकुलपति कार्यालयको मूल गेटमा ताला लगाएपछि उनीहरू बाहिरिएका छन् । तर, सो कार्यालयमा रहेको कार्यकारी समिति र योजना खुलै छ । रेक्टर कार्यालयमा ताला लागेको छ । सो भवनमा रहेको पाठ्यक्रम र अनुमगन र समन्वय महाशाखा खुलै छन् । रजिस्ट्रार कार्यालयमा ताला बन्द छ । तर, रजिस्ट्रार प्राडा पेशल दाहालले आफ्नो सम्पूर्ण काम पुरानो रजिस्ट्रार कार्यालयबाट गरिरहेका छन् । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस