सत्ता गठबन्धन बैठकः पोखरामा अड्कियो तालमेल

काठमाडौं । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक साँझसम्म जारी रहे पनि पोखरा महानगरको विषयमा तालमेल नमिल्दा सहमति जुट्न नसकेको हो ।

पोखराबाहेक, काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर र वीरगन्ज महानगरपालिकामा भागबन्डा मिलिसकेको छ । नेताहरूका अनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने सहमति भएको छ ।

भरतपुरको मेयर माओवादी केन्द्र र वीरगन्जको मेयर जनता समाजवादी पार्टीले लिने सहमति भइसकेको छ । पोखरा महानगरमा भने कांग्रेस र एकीकृत समाजवादी दुवैको दाबी छ । सो महानगरमा सहमति नजुट्दा अन्य सहमति भएका महानगरको विषयलाई समेत सार्वजनिक गरिएको छैन । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780