मधेश सरकारद्वारा वृक्षारोपण गर्न २० करोड ४० लाख विनियोजन

जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘ग्रामिण तथा शहरी विकास कार्यक्रम’ सञ्चालन गर्न २० करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

बुधवार मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष ०७९।०८० को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

उनले स्थानीय समुदायहरुको प्रत्यक्ष सहभागीतामा विभिन्न प्रजातिका रुख, विरुवा तथा फलफूलका विरुवाहरु रोपि हरियाली प्रवद्र्धन गर्न सडक किनार, विद्यालय कम्पाउन्ड, सार्वजनिक जग्गा, उद्योगहरुको कम्पाउन्ड आदीमा वृक्षारोपण गर्न ग्रामिण तथा शहरी विकास कार्यक्रम सञ्चालन गरिने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस