विज्ञान प्रविधिको विकास नै समृद्धिको मूल आधारः मुख्यमन्त्री राउत

जनकपुरधाम, ९ असार । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विज्ञान प्रविधिको विकास नै समृद्धिको मूल आधार रहेको बताएका छन् । विहिवार जनकपुरधाममा आयोजना गरिएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विज्ञानको अध्ययनले कुनै पनि समाजमा रहेको गरिवी न्यून गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री राउतले देशको विकासको मुहान नै विज्ञानको विकास बन्नेमा आफू विश्वस्त रहेको बताए । ‘विज्ञान प्रविधिमा हामी पछाडी रहेको मुल कारण केन्द्रीकृत मानसिकता हो’ उनले भने ‘मधेस प्रदेशको लक्ष्य नै विज्ञान प्रविधिको विकास र स्थानिय स्तरको प्रविधिको अनुसन्धान गर्नु हो ।’

प्रदेश निर्माण भइसक्दा समेत संघ सरकार अझै अधिकार दिनमा कन्जुस्याई गरिरहेकोले आफ्नो प्रदेशले लिएको लक्ष्य प्राप्त गर्न समस्या भइरहेको बताए । यद्यपी, केही समय लागे पनि प्रदेश सरकारले लिएको लक्ष्य पूरा गरेर छोड्ने मुख्यमन्त्री राउतको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस